[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माया गरेको जस्तो गर्छन .. रातभर घोच्ने र चुस्ने गर्छन, कमजोर हुन्छ्न !
[VIEWED 7846 TIMES]
SAVE! for ease of future access.
Posted on 10-09-20 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधु मालतिको कथाको यो प्रसंग अनौठो र अचम्म लाग्दो लाग्यो ..

मालति भन्छिन - "हे मधुकर यो तीनै बोक्सीहरुको चाल हो। उनिहरुले राती माया गरेको जस्तो गर्छन, मायामा लठ्ठ पार्छन अनि चुस्न थाल्छन। रगत चुस्न सजिलो होस तर थाह नहोस भनेर मसिनो सियोले पाइतालामा घोच्ने गर्छन। यसरि घोच्दै चुस्दै गर्दा पनि राजकुमारहरुले पत्तो पाउँदैनन। तर तपाइले देख्नु भएको छ नि, उनिहरु बिस्तारै कमजोर भएको?"

भने पछि मधुकरलाइ दाजुहरु अलि कमजोर जस्तो लागेको भ्रम होइन रहेछ । बोक्सिहरुले त उनिहरुलाइ रातभर घोच्ने र चुस्ने गरेको भएर पो कमजोर भएका रहेछन।


लोक कथा हो, बच्चाबेलामा सुनेको .. तर, पनि के भन्न खोजेको होला ??

यो प्रसंग कथाको भिडियोमा १७ मिनेटपछि आउँछ

https://youtu.be/3Fuocx-dUMM
 
Posted on 10-09-20 9:07 AM     [Snapshot: 7]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

आनन्द ब्रो, माफ पाउँ. शीर्षक पढ्दा यहाँ लाई मैँ मुजी को हावा लागेछ भनेको त धन्न होइन रैछ.
 
Posted on 10-09-20 10:01 AM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नेपाली बाल-कथा मा ग्यान दायक कथा हरु नभएको गुनासो गरेको थिए , सायद मेरो बाल्य कालमा देखिएनन आज भोलि होलान र पढने मौका र फुर्सद पनि पाईएको छैन | बोक्सी , भुत प्रेत को कथा सुनाएर बाल बालिकाको मस्तिस्कमा डर भर्ने काम गरिन्छ |
 
Posted on 10-09-20 11:22 AM     [Snapshot: 156]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nepali baal geet:
Lek ka Hami keta keti, kuhiro bhitra school cha,
Chauri lai chraudai din bitcha, padhnu ra lekhnu muskil cha.

Sunda dukha lagdo cha yo geet.
 
Posted on 10-10-20 2:01 PM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol @underwer ;)

@logan बोक्सी , भुत प्रेत त माध्यम मात्रै हुन - तिनले डर पैदा गर्छन र दिमागमा लामोसमय प्रभाव पार्न सक्छन - मेसेज त सबै कथामा हुन्थे - तर पहिला रुढिवादि कुराहरु बढि सिकाइन्थे - चोर्न सिकाउने, चलाखि भन्दै बदमासि गर्न सिकाउने , झुठो बोल्न सिकाउने कथा धेरै हुन्थे। त्यस समयमा यस्तै बदमासि गरेर भए पनि सफल हुनु पर्छ भन्ने सामाजिक मान्यता थियो। (अकबर बिरवलका कथा)
धेरै कथाहरुले पुरुषलाइ ठुला, शक्तिशालि हुन्छन भने र, महिला कमजोर हुन भन्ने मेसेज दिन्थे। (उदाहरण - राजकुमार राजकुमारिका सबै कथा)
अनि सामन्ति समाजमा ठुलाबडालाइ आदर गर्नु पर्छ भन्ने - अनि गुरुहरु, योगिहरुको अन्ध भक्त हुनु पर्छ भन्ने कुरा सिकाउँथे -- (श्रवणकुमारको कथा होस या एकलब्यको कथा)।

@sexpear दुखलाग्दै वास्तविकता हो ..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters