[Show all top banners]

Padante Khate muraj
Replies to this thread:

More by Padante Khate muraj
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 WISH Sweta Lamichhane BOL for OSCAR
[VIEWED 7982 TIMES]
SAVE! for ease of future access.
Posted on 05-28-11 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 http://swetalamichhane.com/index.php?option=com_content&view=article&id=5&Itemid=6

A native of Kathmandu, Nepal, Sweta Lamichhane’s dream is to be the first Nepalese actress to win an Oscar. Her life has been filled with a multitude of exciting experiences, ranging from college and modeling, to being the first Nepalese United States Marine. All of these experiences have helped her bring depth to her work.

One of Sweta’s most valuable experiences has been studying at the Beverly Hills Playhouse. The techniques learned at this prestigious school have taught her to be a more focused actor and to dig deep to find emotions that bring truth to the characters she plays. Having learned to demonstrate her versatility and continuing to develop her craft Sweta is on her way to making history.


नेपाली चेली हलिउडमा

कृष्ण भट्टराई

 

केही परिचित नेपाली कलाकार बलिउडमा संघर्ष गरिरहँदा एक नेपाली चेली भने विश्वकै ठूलो चलचित्रनगरी हलिउडमा प्रवेश गरेकी छिन्।  दुई वर्षको उमेरमा नेपाल छाडेकी श्वेता १६ वर्षको उमेरमै हलिउड प्रवेश गरेकी हुन् । अभिनयको औपचारिक प्रशिक्षणपछि विगत ४ वर्षदे खि हलिउडका चलचित्रमा अभिनय गरिरहेकी छिन् । श्वेताले आधा दर्जन चलचित्र, टेलिश्रृंखला, वृत्तचित्र तथा रंगमञ्चमा अभिनय गरिसकेकी  छिन्।

काठमाडौंको भाटभटेनी पुख्र्यौली घर भएकी श्वेता लामिछानेले मेरोसिनेमा डटकमका मोहन डोटलको सहयोगमा साप्ताहिकसँग लामै  अनलाइन वार्ता गरिन्। वार्ताका क्रममा श्वेताले आफ्नो विगत, वर्तमान तथा भविष्यसम्मको योजना सुनाउन भ्याइन्। विश्वको सबैभन्दा ठूलो  चलचित्र उद्योगमा अभिनय गर्ने सानैदेखिको चाहनालाई पूरा गर्न उनी हलिउड छिरेकी हुन् ।  श्वेता अहिले त्यहाँ व्यावसायिक रूपमै अभिनय  गर्न थालेकी छिन्। यो अवधिमा श्वेताले चारवटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् ।



श्वेताले पहिलो पटक अभिनय गरेको हलिउडको चलचित्र हो 'डेस्टिनी'। न्युयोर्क फिल्म एकेडेमीको डेस्टिनीमा अभिनय गर्नुअघि श्वेताले  न्युयोर्क फिल्म एकेडेमीमा अभिनयको प्रशिक्षण लिएकी थिइन्। उक्त चलचित्रमा श्वेताले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन्।  यसबाहेक उनले सूर्य एन श्रेष्ठको 'अर्बन रस', माट होल्डरको डेथ अफ टम्मी पिस्टोल, पारामाउन्टको फ्रिडम राइटर्स, एसके मिडियाको  पीएसए अर्गान डोनेसन आदि चलचित्रमा अभिनय गरेकी छिन्।

तीनवटा टेलिभिजन कार्यक्रममा समेत अभिनय गरेकी छिन्। २६ वर्षीया श्वेता आफू हलिउडमा सक्रिय कलाकारका रूपमा प्रवेश गर्ने पहिलो  नेपाली हुन सक्ने बताउँछिन्। श्वेता ललितपुरको पाटन अस्पतालमा २०४१ साल वैशाखमा जन्मिएकी हुन्। श्वेताको लक्ष्य हलिउडका उत्कृष्ट  चलचित्रमा उत्कृष्ट अभिनय गर्दै ओस्कार एवार्ड जित्नु हो। अमेरिकी नौसेनामा प्रवेश गर्ने पहिलो नेपाली महिलाका रूपमा समेत चिनिने श्वे ताको हलिउड यात्राको आफ्नै कथा छ। लसएञ्जलसको एल क्यामिनो कलेजबाट रंगमंचमा डिग्री लिएपछि उनले प्रतिष्ठित बेभर्ली हिल्स प्ले हाउसमा अभिनयको प्रशिक्षण लिइन्।

श्वेताले पहिलो पटक अभिनय गरेको हलिउडको चलचित्र हो 'डेस्टिनी'। न्युयोर्क फिल्म एकेडेमीको डेस्टिनीमा अभिनय गर्नुअघि श्वेताले  न्युयोर्क फिल्म एकेडेमीमा अभिनयको प्रशिक्षण लिएकी थिइन्। उक्त चलचित्रमा श्वेताले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन्।  यसबाहेक उनले सूर्य एन श्रेष्ठको 'अर्बन रस', माट होल्डरको डेथ अफ टम्मी पिस्टोल, पारामाउन्टको फ्रिडम राइटर्स, एसके मिडियाको  पीएसए अर्गान डोनेसन आदि चलचित्रमा अभिनय गरेकी छिन्। उनले 'अ लिटिल थिङ कल्ड लभ' मा गीतसमेत गाएकी छिन्, जसको संगीत  गाब्रियल लुइसले दिएका हुन्।

श्वेतालाई पहिलो पटक देख्नेहरू छक्क पर्छन्। श्वेताका अनुसार उनको अनुहार देखेर धेरै मानिस झुक्किन्छन्। 'मेरो अनुहार देखेर मानिसहरू  झुक्किन्छन्। नाम सुनेपछि तिमी के हौ ? भनेर सोध्छन्,' उनले साप्ताहिकसँग भनिन्— 'नेपाली हुँ भनेपछि सबैजना छक्क पर्छन्।' श्वेताले दुई  वर्षको उमेरमा नेपाल छाडेकी हुन्। बुबा सीएम (चिन्तामणि) लामिछाने छात्रवृत्ति पाएर अस्ट्रेलिया जाने भएपछि श्वेता पनि परिवारका अन्य  सदस्यसहित अस्ट्रेलिया पुगिन्। अस्ट्रेलियामा चार वर्ष बसेपछि उनीहरू अमेरिका सरे। श्वेताको किशोरावस्था अमेरिकामै बित्यो। नौसेनाको  जागिर एवं अध्ययनलाई एकातिर थन्काउँदै उनी सन् २००७ को प्रारम्भमा लसएन्जलसतर्फ लागिन्। हलिउड छिर्दा श्वेतासँग सपनामात्रै हाेइन,  क्षमता पनि थियो। नौसेनाको तालिमले दिएको आत्मविश्वासका साथ उनी रंगमंचसम्बन्धी औपचारिक अध्ययन गर्न थालिन्। एल क्यामिनो  कलेजमा अध्ययनसँगै सामुदायिक नाटकमा पनि अभिनय गर्न थालिन्, जुन अहिले पनि जारी छ। कलेजपछि उनले बेभर्ली हिल्समा प्रवेश  पाएकी हुन् जहाँबाट उनलाई अनेकौं अवसरले चिहाइरहेका छन्।



तपाईंको पूरा नाम ?

श्‌वेताकुमारी लामिछाने।

तपाईंका सौखहरू ?

पुस्तक पढ्छु। मेरा लामिछाने भाइहरूसँग बास्केटबल खेल्छु। मेकअप र स्किन केयरमा ध्यान दिन्छु।

नेपालमा तपाईंको घर ?

भाटभटेनी, काठमाडौंमा हाम्रो घर छ, तर म पाटन अस्पतालमा जन्मिएकी रे।

तपाईंको अमेरिकी यात्रा कसरी तय भयो ?

मेरी आमा र बुबाको भेट हरियाणा विश्वविद्यालयमा भएको थियो। त्यसपछि उहाँहरूले विवाह गर्नुभयो। त्यसपछि म र मेरी दिदी प्रियंका  जन्मियौँ। जब म दुई वर्षकी भएँ, बुवाले उच्च शिक्षाका लागि अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित जेम्स कुक युनिभर्सिटीमा आवेदन दिनुभयो। बुवा  त्यहाँ भर्ना भएपछि हामी पनि अस्ट्रेलिया गयौं। चार वर्ष अस्ट्रेलियामा बसेपछि बुवाले मलेक्युलर बायोलोजीमा पिएचडी सक्नुभयो। त्यसपछि  हामी अमेरिका गयौं।

चलचित्रमा अभिनय गर्न थाल्नुभएको कति भयो ?

सक्रिय रूपमा चलचित्रमा अभिनय गर्न थालेको चार वर्ष भयो।

प्रशिक्षण लिएर चलचित्रमा आउनुभएको हो ?

हो, मैले थिएटर आर्ट्सको एसोसिएट डिग्री लिएकी छु। यसबाहेक मैले अमेरिकाको बेभर्ली हिल्स प्लेहाउसबाट अन क्यामेरा, इम्प्रोभिजेसन,  अडिसनिङ, कमर्सियल, भ्वाइस आदि विषयको प्रशिक्षण लिएकी छु।

अहिलेसम्म कुन-कुन प्रोजेक्टमा काम गर्नुभयो ?

सूर्य एन श्रेष्ठको 'अर्बन रस', न्युयोर्क फिल्म एकेडेमीको डेस्टिनी, माट होल्डरको डथ अफ टम्मी पिस्टोल, पारामाउन्टको फ्रिडम राइटर्स,  एसके मेडियाको पीएसए अर्गान डोनेसन आदिमा अभिनय गरेँ। यसबाहेक मैले 'अ लिटिल थिङ कल्ड लभ' मा गीत पनि गाएकी छु, जसको  संगीत गाबि्रयल लुइसले दिएका हुन्।

आगामी दिनमा के गर्दै हुनुहुन्छ ?

म यो समरमा एन्नी क्रिस्चियनको सि वान्ट्स इट, फ्रायड फिल्म्सको लिबर्टि रोड तथा रिचार्ड ब्राउनको पार्टनर टु पार्टनरमा अभिनय गर्दैछु।

तपाईंका चलचित्र नेपाली दर्शकले कसरी हेर्ने ?

त्यसका लागि चलचित्र महोत्सवहरूसम्म पुग्नुपर्छ। आगामी दिनमा भने अनलाइनमा पनि यी चलचित्र उपलब्ध हुनेछन्। यसबाहेक  swetalamichhane.com मा समेत मेरा चलचित्र हेर्न सकिन्छ।

तपाईं हलिउडसम्म कसरी पुग्नुभयो ?

मलाई लाग्छ, भगवान्ले चिताएको कुरा पुर्‍याउँछन्, मैले चिताएँ र पुगेँ।

आगामी दिनमा कस्ता चलचित्रमा अभिनय गर्न इच्छुक हुनुहुन्छ ?

चुनौतीका रूपमा आउने हरेक प्रकारका काम गर्न इच्छुक छु। म नाटकमा पनि अभिनय गर्न रुचाउँछु। वृत्तचित्र पनि मेरो रुचिको विषय हो।

चलचित्रमा क्षेत्रमा रहरले आउनुभयो कि प्रशिक्षणका कारण ?

धैर्य तथा मनका कारण म चलचित्र क्षेत्रमा आइपुगेँ। मलाई लाग्छ, यो कुरा सबैमा लागू हुन्छ। त्यसैका कारण म विशिष्ट अभिनय स्कुलको  प्रशिक्षणमा सहभागी भएँ।

अभिनय तपाईंको रहर मात्र हो कि करियर ?

यो मेरो चाहना र करियर दुवै हो।

भविष्यमा नेपाली चलचित्रमा पनि काम गर्नुहुन्छ ?

राम्रो अवसर पाएँ भने अवश्य गर्छु।

प्रेम के हो ?

प्रेम त्यस्तो प्रतिक्रिया हो, जसले तपाईं अर्को व्यक्तिलाई कति केयर गर्नुहुन्छ भन्ने देखाउँछ।

तपाईं कहिले कसैसँग प्रेममा पर्नुभएको छ ?

मेरो दुई जना मानिससँग आत्मीय प्रेम थियो। यस विषयमा म यति मात्र भन्न सक्छु।

विवाहअघिको शारीरिक सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

यदि तपाईं प्रेममा हुनुहुन्छ, तपाईं जिम्मेवार वयष्क हुनुहुन्छ र तपाईंलाई सही लाग्छ भने यो नितान्त व्यक्तिगत चाहनामा भर पर्ने कुरा हो।

 
Posted on 05-28-11 11:06 PM     [Snapshot: 284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 lol.....dream on...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters