[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्
[VIEWED 17067 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-12 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     21       ?     Liked by
 

देख्यौ तिमीले ?
खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु
तिनिहरु मलाई नै एक तमासले हेरिरहेका छन्
घोँचुला झै....
अनि खाउँला झै.....
सुन्यौ तिमीले?
ती आँखाहरुको हेराइमा म गिरेको छु रे
तर म गिरेको होइन
बरु तिनिहरुकै आँखा तुर्लुङ्ग झोलिएका छन्
तिनिहरुकै आँखा ट्याप्प टालिएका छन्
त्यसैले त तिनीहरु कहिल्यै माथि हेर्न सक्दैनन्
र ती सधैं तल गिरेका हुन्छन्
तर मैले त तिमीलाई आफ्नो आँखा माथि राखेर हेरे
तिम्रो आँखामा आफ्नो आँखा जुधाएर हेरे
त्यसैले म भन्छु म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्

थाहा पायौ तिमीले?
ती खोक्रा शरीरहरुभित्र
मुटु नामको कुनै अंगै छैन
त्यहाँ त फगत कलपूर्जाहरु चल्छन्
जुन भावना शून्य छन्
जुन चाहनाबिहिन छन्
अनि जब म जिउँदो मुटु लिएर तिनिहरु अगाडि उभिन्छु
सुन्यौ तिमीले?
तिनिहरुको ठम्याइमा म एउटा जिउदो लाश हुँ रे
तर मैले त तिम्रो मुटुको धड्कनलाई महसुस गरेको थिए
यी खोक्रा शरीरहरुबिच एक्लिएकी तिमीलाई
आफ्नो सामिप्यताको न्यानो प्रदान गरेको थिए
त्यसैले म भन्छु म होइन ती खोक्रा शरीरहरुनै कुहिन नसकेका सिनाहरु हुन्

भेट्यौ त तिमीले?
आफ्नो जीवनको लक्ष्यहरु
लक्ष्यसम्म पुग्ने बाटोहरु
तर सावधान हुनु है
ती खोक्रा शरीरहरु तिमी हिंड्ने बाटोमा
तिमीमाथि खनिने छन्
बज्रिने छन्
ग्रहण बनेर तिम्रो बाटो अन्धकार बनाउन खोज्नेछन्
म कतै परबाट
जूनकिरी झै तिमीलाई धिप धिप प्रकाश दिइरहेको हुनेछु
तिमी हिंड्ने बाटोभरि, तिमीले गर्ने यात्राभरि
बुझ्यौ तिमीले?
तिनिहरुले फेरी पनि मलाई असामाजिक भन्नेछन्
तर म त आँफैलाई सल्काएर अरुलाई उजेलो बाँड्ने मान्छे
आफ्नो लक्ष्य बिर्साएर अरुलाई बाटो देखाउने मान्छे
त्यसैले म भन्छु म होइन तिनिहरुनै असामाजिक छन् र खोक्रा छन्
अनि तिनिहरुकै आँखाहरु गिरेका छन्
Last edited: 21-Mar-12 01:05 PM

 
Posted on 03-21-12 1:55 PM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent... Loved it.
 
Posted on 03-21-12 2:14 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo kabita kun chanda ma lekheanko ho sardulik chanda ma ho/  ekdamai ramro cha easko mukhya chur mutu bujhna chai dui choti nai padhno pario aafai ta lekheko hoina hola kata kata bata sareko jasto lagio prathan shredi kai cha kabita
keep it up
btw yo teneharu chai ko ho ni kaslai satayar haneko ho


 
Posted on 03-21-12 2:19 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



"तर म त आँफैलाई सल्काएर अरुलाई उजेलो बाँड्ने मान्छे
आफ्नो लक्ष्य बिर्साएर अरुलाई बाटो देखाउने मान्छे "

सारै मिठो /
 
Posted on 03-21-12 2:21 PM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जिते ब्रो,
विश्व कबिता दिवसमा गजब को कबिता गयो. प्रसंशाको लागि अरु शब्द नै फुरेन , गजब बाहेक .

बाइ द वे,  बुद्धिमान मान्छे, यो छन्दमा बाँधिएको कबिता होइन. कुनै बन्धन न भएको सुगन्धित चन्दन जस्तो गद्य कबिता हो .
 


 
Posted on 03-21-12 3:47 PM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिते ब्रो,
 
निकै घतलाग्दो, गजबको अनि मार्मिक लेखाइ छ| आस गर्छु ति हरफहरु मनमा उर्लीरहेको ज्वालामुखी को बिस्फोट नभई केवल कल्पनाका उपज हुन| 

 
Posted on 03-21-12 9:34 PM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Two Thumps Up!!!
 
Posted on 03-22-12 7:53 AM     [Snapshot: 636]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता मनपराइदिनु भएकोमा सबै साथीहरुलाई धेरै धेरै धन्यवाद!

म त्यति धेरै कल्पनाशिल व्यक्ति त होइन, मनभित्र आगो बल्दा नै बाहिर ज्वाला देखिने मात्र हो.... तर केही छैन यस्ता उकाली र ओरालीहरु त जीवनमा आइरहदा नै रहेछन्.. चढ्नै पर्‍यो अनि झर्नै पर्‍यो

 
Posted on 03-22-12 8:45 AM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब कविता जिते !
 
Posted on 03-22-12 9:42 AM     [Snapshot: 717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मन छुने कविताको लागि धन्यबाद !
 
Posted on 03-22-12 11:24 AM     [Snapshot: 778]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

really nice combination of feelings and words. Loved it!
 
Posted on 03-22-12 12:49 PM     [Snapshot: 832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जी टि जी तपाई को कविता को भाब ले कता छुन्छ छुन्छ , मुटु जलेर जुन आवाज निस्कन्छ तेलले दिने रचना नै मम्रैस्पर्शी हुन्छ तपाई को हरेक कबिता झैँ झन् त्यो माथि तपाई को भाब को त मा तुस्छ मानब ले के बयान गर्न सक्नु 
 
Posted on 03-22-12 5:00 PM     [Snapshot: 906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते दाज्यु,

सारै मीठो सारै भाबपुर्ण लाग्यो मलाई त ....

....थाहा पायौ तिमीले?
ती खोक्रा शरीरहरुभित्र
मुटु नामको कुनै अंगै छैन
त्यहाँ त फगत कलपूर्जाहरु चल्छन्
जुन भावना शून्य छन्
जुन चाहनाबिहिन छन्......

अरु मीठा मीठा कविता सुन्न पाईन्छ  होला चाडै येही आश छ है मेरो त ...

--थाहाछैन


 
Posted on 03-22-12 10:45 PM     [Snapshot: 1015]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि पनि साथीहरुलाई धन्यवाद!

मेरो मनभित्रको आगो अझै सकिएको छैन, यो अझै दन्किरहेछ र म चाहन्छु यो यसरी नै दन्किरहोस् । साँच्चै भन्ने हो भने यसले मलाई एउटा उर्जा दिइरहेछ, लेख्नलाई; जीवन, जगत र प्रकृतिबीचको आधारभूत सम्बन्ध खोतल्नलाई, त्यसलाई बुझ्नलाई र त्यस्को व्याख्या गर्नलाई ।

आफू जलेर अरुलाई आनन्दित तुल्याउनुको मजा पनि बेग्लै हुँदोरहेछ । तर यहाँहरु नआत्तिनु होला म यो रापमा जलेर खरानी हुनेछैन, बरु माझिने छु, आगोमा खारिएको सुन झै चम्किने छु । अनि मुटुछुने गरी यहाँहरुलाई आफ्नो अनुभूति सुनाउने छु, अनि कामना गर्नेछु यहाँहरुले मैले झै कहिल्यै जल्न नपरोस् ।
Last edited: 22-Mar-12 10:45 PM

 
Posted on 03-23-12 8:25 AM     [Snapshot: 1104]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters