[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 170089 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-22-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पून्टे दाई हलुवा (Helluva) राइटर मात्र होइन हलुवा स्पिकरपनि हुनुहुदो रहेछ नि। क्या हिरो देखिएको!

वाह! आइते ब्रो! दामी चित्र राख्नु भएछ!

हर्के दाई नमस्ते!

गालउ अनि मिस्टेलाई पनि नमस्कार!

गोताएँ दाई, हजुरले गाली गरेरै भनेपनि मैले त्यस्लाई माया गरेको भनेर लिन्छु क्यारे! अझ यो त माया नै गरेर भन्नु भएको रहेछ! राम्रै छ नि। फेरि काले लाई कालो भन्दा के नै फरक पर्छ र, हैन र?? रे क्या! :पि

मिसले सेलरोटी पठाउनु भएकै छैन अहिले सम्म :(
 
Posted on 10-22-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार कुम्ले!
कस्तो हुँदैछ तिहार तपाईको?
कुम्ले देउसी खेल्ने हैन?
 
Posted on 10-22-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मिस्टे! निन्द्रा लागेन कि कसो??

देउसी खेल्ने भनेको, पहिले हिजो भैलोको पैसा बाडीचुडी गरिसकुम अनि देउसी नि खेल्ने हो। हिजो निकै पैसा उठेको जस्तो मान्छु मैले। खूब राम्ररी नाचेका थिए क्यारे तितौरी, ठुली, इन्द्रेणीहरुले। त्यस्मा फेरि जिम्माल बा ले त्यो नया निस्केको गाना गाउँछु भनेर हैरान। पून्टे दाईले सुनाइदिनुभएछ नया आएको गाना भनेर। त्यहि गाना कन्ठ पार्दै हुनुहुन्थ्यो।

आज राती देउसीमा त्यहि गाना गाउने रे!
 
Posted on 10-22-06 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे कुम्ले लाइ त चामल् मात्र हो भैलि को भाग्।
अनि मिस्टे के छ तिम्रो हाल् चाल् ?

*********
गालब् को जबाब् हासुठ्दो लाग्यो - कसरि जुवा ले पैसा जोगाउने र गोरु रोगाउने होला? lol :p
 
Posted on 10-22-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो चामल त कसैले दिएनन्! अनि मेरो भागमा के नि अब? चामल नभएपछि पैसा नै बाँढ्ने भनेको होइन र??

अनि तितौरी आज हामी सङ्ग देउसी खेल्न जाने कि??
 
Posted on 10-22-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहह बिचरा जिम्माल बा!
अझै त्यो गानाको भूतले छोडेको छैन?
तिमी केटीहरु सँग भैली खेल्न गा'को रे:ओ
केटीको डिरेस् लाएर गा'को हो? :ओ
अनि तिम्रो स्वर नि?
कसरी चेन्ज गर्‍यो नि?
अचम्म छ बा!
ँँँँँँँँं
म त देउसी खेल्न निस्केको नि राती हुदो, कोइ भेट्छ कि चौतारीमा भनेर हेर्न आएको तिमी मात्र रैछौ, आउ अब चित्रे, नमे,गोतामे, आइते, गालब्, पुन्टे दाई, दादा ब्रो, अनि बिरामी जिम्माल बुढा लाइ पनि लिएर जाम देउसी खेल्न ।
केटीहरु लाइ पनि बोलाउ है, तिमीले भनेको मान्छ के!

म चै घर तिर लागे मादल लिन ।
 
Posted on 10-22-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनु के छ र तितौरी?
तिहारको बेलामा यस्तै त हो नि राती राती देउसी खेल्ने पिलान बनाउन आ'को चौतारीमा कुम्ले र तिमीलाई भेटें ।
अब तितौरी पनि आइन्, ठुल्नानी, सान्नानी, मिस्, इन्द्रेनी सबैलाइ बोलाएर देउसी खेल्न जानु पर्‍यो ।

अनि तिमी सञ्चै छै तितौरी?
 
Posted on 10-22-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसा लिन लाइ अनेक् भन्छ कुम्ले ,किन तिम्ले नै बोकेर ल्या' होइन चामल् को बोरा?तेइ लैजाउ ।
 
Posted on 10-22-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! मिस्टे,
म भैली खेल्न त गएको हो तर पछाडी बसेर मादल बजाउने मात्र हो मैले। अध्याँरोमा कसैले नि नचिन्ने, चिनेपनि 'केटीहरुमात्र राती हिड्न डराए अनि त्यहि भएर साथी हिडेको' भनेको नि। तर खोइ आज पैसै नदिने जस्तो कुरो गर्छन्!! के हो के?

चामल को बोरा रे!! त्यो रित्तो बोरा त बोकेको नि सुरुमा, पछि चामल कसैले नदिएपछि त्यत्तै जिम्माल बा को घर तिर छोडेर हिँडेको हो क्यारे!!
 
Posted on 10-22-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर कुम्ले अब परेन फन्दामा?
हेहेहेहे कहाँ केटीहरुको पछि लागेर हिँडेको त?
अब पायो पैसा तिमीले!
तेइ भएर म नगाको के केटीहरु सँग, मलाई पनि बोलाँउदै थियो इन्द्रेनिले!अन्तिममा आएर पोहोर सालपनि यस्तै गरेको थियो मलाई पनि ।
अब तिमीले पैसा पाउने आस् नगर, बरु आज देउसी खेल्न चाँडै जाउँ ।
 
Posted on 10-22-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है गाम्ले हो
तिहार भएपनि एक छिन फुर्साद भएको हैन

सबैलाइ दिपावली को हार्दिक मङलमय शुभकामना

यो तात्तातो रोटी पनि चाखम है
सबैलाइ पुग्ने गरेर

 
Posted on 10-22-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yumm..mm.mmm yumm...mmm ..kasto taato taato -mitho mitho sel tihar ko ...
 
Posted on 10-22-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

यामे, धन्यवाद सेलको लागि! कति मीट्ठो सेल, यम्मी, यम्मी...:)

लौ अब द्यौसी खेल्ने भन्या हैन?

भन भन भाई हो द्यौसी रे
पाँच यूरो द्यौसी रे

लड्दै पड्दै द्यौसी रे
आयौं हामी द्यौसी रे......
 
Posted on 10-22-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाँच् युरो देउ रे :o ? हा हा हा यो चित्रे ले त घाटै लाउने रे'छ , दश् पन्द्र दिने ठाउ मा नि पाँच् मागेर हेर .
 
Posted on 10-22-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! तितौरी! तिमी दिन्छ्यौ भने पचास यूरो दिंदा पनि हुन्छ, म लिईहाल्छु नि। :)

मैले त सानो हुँदा धनकुटाको द्यौसी सम्झेर लेखेको, त्यो बेला 'पाँच पैसा द्यौसी रे' भन्थे। पाँच सेन्ट निकै कम होला भनेर पाँच यूरो भनेको, त्यो नि तिमीलाई थोरै लाग्यो? :D

हुनत पून्टे दाईकोमा चैं पाँच सय डलर माग्नु पर्ला, 'क्याश नभए क्रेडिट कार्डबाट भए नि हुन्छ' भन्नुपर्ला। ;)
 
Posted on 10-22-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा प्रस्टै छ नि! पून्टे दाई र चित्रे बिच हिजो सल्लाह भएको थियो।

पून्टे दाई: हेर चित्रे! भोली देउसी खेल्न आउँदा धेरै पैसा माग्ने होइन है! त्यसैपनि तासमा हारिरहेको छु।

चित्रे: भइहाल्छ नि पून्टे दाई। तर मलाई के ब्यवस्था हुन्छ नि?

पून्टे दाई: अब तेहि हो! जम्मा १५ को बजेट हो एउटा देउसे ग्रुपलाई, जत्ति बचाउछस् त्यत्ति तेरो।

चित्रे: ल ठिक छ! भोली म ५ रुप्पे भन्छु, अनि तपाइँले त्यत्ति दिनु बाँकी १० पछि लिन्छु।

ल यहि हो कुरो चाँहि। अब जे गर्ने हो आफैँ गर्नु है तितौरी!

आफुँ त जे देखियो त्यहि भन्ने हो, न यताको कुरो उता लगिन्छ न उताको कुरो यता ल्याइन्छ। सानै देखिको राम्रो बानी हो क्यारे!

:पि
 
Posted on 10-22-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम! सलुट छ हो सब गाउलेलाई !

और् यति सारा दिन् रेपोर्टिङ् न गरेकोमा माफि भी माग्छु। पर् यो सब् म सारो घायल भएर हो।

बात् के परो भने, पिछ्ले हप्ता यो ज्यान् तेहि जिम्मदार् कि लडकी भेट्न पारि गाउको दोहोरी धाएको, त्याहान् त मस्ति नै भो पर् वापस् फिर्ता हुनेबेला याक्सिडेन्ट परो। एक् त उ दिवालिको टेम् को अन्धेरि रात्, उस्माथि पनि हम्रो गाउलेहरुको दिन् दुगुना रात् चार गुना घट्ने वला साँध्( अब् एउटै आली लाइ एक् साइडबाट एउटाले अर्को साइडबाट अर्कोले ताछे पछि कसरि हिन्न सक्नु तेसमाथि, सर्कसमा भर्ति भा हो र यो ज्यान् )और् उस्माथि टिल्ल खोयाबिर्के, और् क्या चाहिए ।


पैर फिस्लेर माथि कान्लाबाट डाइरेक्ट तल सम्म रोलिङ भएको पूरा बदन भरि भर्खर् काटेको मकैको ढोँड और् के के जाति काटा चुभेर दूम्सी जैसा बनेर घर् पुगियो। आमाले जल्दि जल्दि गर्दा पनि तकरिबन् एक् घन्टा त लागो होला दूम्सी जस्तो बदनसे काटा निकालेर चाल्नो जस्तो बदन बनाउनलाइ। क्या नाम! हुन त यो ज्यानबाट खूनभन्दा ज्यादा त दारु नै बहे होल उ दिन्। फिर् भि सारो कमजोर् एह्सास् भो दो चार् दिनसम्म।

खैर् जो भि हो, हेप्पी दिवालि
भैलो खेल्नेमा मेरो नाम् भी राख्ननु
अब् त यो ज्यन् फिट् छ

पर् जाने क्युन् मेरे दिलमे येह् खयाल् आता रेह्ता है की
उ बारी हाम्रै जिम्मालको त होइन????
मकैबारीमा भी काटा लाउने अरु को होला के।
 
Posted on 10-22-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए कुरा तेस्तो रैछ चित्रेssss मान्छे बाठो रे'छ । तर मलाइ थाहा छ त्यस्तो लोभि पुन्टे दाइ ले त्यो बचे को पैसा चित्रे लाइ दिनु हुन्न .....धन्न कुम्ले को कुरा नओसार्ने बानि ले बेलै मा कुरा थाहा पाइयो :D

यो रिकुटे त फेरि आ'चन् ट्याउ ट्याउ गर्दै हरे अब चौतारीआँ हल्ला गरेर् किलासाँ मिस् ले पढाको बुझिने भा'पो :p
 
Posted on 10-22-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो कुम्ले, कुरा बनाउन त साह्रै खप्पीस छ नि, मैले पून्टेदाईसँग त्यस्तो केही कुरा मिला'छैन। फेरी तितौरीले नि पत्याईहाली कति सजिलै।;)

यो रिकुटेले चैं खूब हँसायो बाऽऽऽ! कति लेख्न नि जान्या हो रिकुटे ईस्टाईलाँ।

ए रिकुटे जी, तुम जो भी हो, आना जाना गरिराख है चौतारीमा, तिम्रो बातले त चौतारीमे एक बेग्लै किसिमको रोनक लेराम्छ। तिम्रो पिछले पोस्ट पढिलिएर त म बहुत हाँसिलिएँ नि। :D :D
अस्ति पून्टेदाईले नि तिम्लाई खोज्दै हुनुहुन्थ्यो, 'अचेल रिकुटे वापस पल्टन रवाना भो कि क्या हो?' भन्दै हुनुहुन्थ्यो।
 
Posted on 10-22-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Regal को यो वाक्य चै सारै मन पर्यो

हम्रो गाउलेहरुको दिन् दुगुना रात् चार गुना घट्ने वला साँध्( अब् एउटै आली लाइ एक् साइडबाट एउटाले अर्को साइडबाट अर्कोले ताछे पछि कसरि हिन्न सक्नु तेसमाथि


ल है धेउसी खेल्न ता म पनि जानु पर्यो

ए है भन भन भाइ हो धेउसिरे !
ए राम्ररी भन धेउसिरे !!
ए स्वर मिलाइ भन धेउसिरे !!!

ए रातोमटो धेउसिरे !!
ए चिप्लो बाटो धेउसिरे !
ए लड्दै र पड्दै धेउसिरे !!!
आएको हामी धेउसिरे !!!!

ए छाना माथि घिरौला धेउसिरे !
के के दिन्छन् हेरौला धेउसिरे !!
ए नाङ्लोमा ओखर धेउसिरे !!!!
ए मेरो साथि जोक्कर धेउसिरे !!!!

ए कति राम्रो आदुवा धेउसिरे !
मेरो साथि पदुवा धेउसिरे!! (बच्चामा सारै मन् पर्ने यो चै)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters