[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी - ८५ --

[Please view other pages to see the rest of the postings. Total posts: 611]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 148501 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-01-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८५ --





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 85 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
Last edited: 01-Nov-07 12:24 PM
Last edited: 01-Nov-07 12:24 PM

 
Posted on 11-06-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोका खाएको सुचना:

हिजो बेलुकि करिब आठ बजे तिर, झिसमिसे अँध्यारोमा, हाम्रा चौतारीका रसरंग प्रधान श्री लहरे लाल लाकौल को ढोका बाट एउटा बोका भित्र छिरेको अनुमानमा मा उक्त बोकालाई निजले मौका मा चौका हान्नु पर्यो भनि ठुलो डोकाले छोपेर राखेको तर  बोका भनेर रात मा धोका खाइ लाहुरे दाईको पाङ्गरे कुकुर छोपेको कुरा खुल्न आएको छ। हरिबंश आचार्यका फ्यान श्री लाकौलले हरिबंशकै स्टाइलमा "चपा भैरे चपा" भन्दै उक्त कार्य गरेको कुरा पनि खुल्न आएको छ। अबको केहि बेर मै लाहुरे दाई तिन बोरको बन्दुक सहित खुङ्खार अनुहार दस्सि प्रमाण स्वरुप लिएर श्री लाकौलको घरमा हक दाबि गर्न जाने कुरा खुल्न आए देखि, श्री लाकौल अब आइन्दा बोका त खान्छु तर धोका खान्न भनेर दक्षिणकालिलाई बोका बै भाकल गरेर बसेको सुचना प्राप्त भएको छ।

धोखाधढि जाँचबुझ आयोग

अध्यक्ष श्री झिल्के घडेरी

चौतारी


 
Posted on 11-06-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम् ठुल्दै, जिन: ठाउँ कफी तोनौ का। ठुल्दै म्ह्फुलअ।।
 
Posted on 11-06-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा सबै केटाहरु होइन धरै जसो केटाहरु बोका लाग्छ। सुन्दरिले भने जस्ताइ केटीको निक्क नेम देख्ने बितिकै उस्लाई ईमेल लेखेरहरु बोका नलागे के लाग्नु त। अनी ईमेलमा आइ थिन्क यु ह्याब वेरी नाइस हर्त रे।

कतिन चिनेको जस्तो गरि। म त तेस्तो एमैल् पर्दा त त्वाअाआ पर्चु के।


 
Posted on 11-06-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                    फेरी अर्को सुचना।।

           Quote ठुलि "सबै केटा होइन, धेरै जस्तो केटा बोका लाग्छ।" --- एही भनाइलाई उद्रित गर्दै आफु पनि बोक जस्ताइ भएकोले, हामीले पनि बोका हौ कि कुकुर हौ राम्ररी चिनेक छौ। हाम्रा घरमा बिद्युत आपुर्तिको कुनै कमी नभएको हुँदा साँझ देखिनै बती बाल्ने चलन चल्ती पनि भएको बेहोरा बारेमा पनि सबैलाई सुचित गर्न चाहन्छौ। धोखा खाएको सुचना प्रकाशित गरेर सबैको ध्यान अन्तै तर्फ मोदने काम जिम्बाल बाट भयको छ। जिम्बाल ले सो कार्य मैले २ किलो बोकाको मासु उनलाई फ्री मा दिन असुइकार गरेको हुनाले गरेको हो भन्ने कुरामा पनि सबैको ध्यानाकर्षण गर्न चाहन्छौ। एस्तो कार्य को हामी घोर निन्द पनि गर्छौ ।।।।।।

                                                                                       लहरे लाल लाकौल
                                                                                      चौतारी रसरङ प्रधान


 
Posted on 11-06-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाअहाअ,
ठुलबुइनी पनि बोका पीडित?


त्यो मन्दिरमा चढाइएका गन्हाउने "नव: दुकु " होला। अरु नि भलादमी बोका हुन्छन् नि, होइन र बिर्खे बा। पहिला खसि र बोका, नव: दुकु छुट्याउनु परो नि।


 लहरे बौचा। जि त ला म्हं फु। थुके पट्टि वयगु मखुला?


 
Posted on 11-06-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हो भने हेर्निसन दिनका दिन के के भनेर ईमेल पथाउछ के। अब उत्तर नपाएची त चुप चाप लग्नु पर्छ नि। होइन र। फेरी मलाई रिस उत्त्यी भनेता JPT भन्दिन्छु।


 
Posted on 11-06-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै

आन्कन पाखे मेघु महिना ओएगु बिचा: दु। 


 
Posted on 11-06-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणीय चौतारीबासीमा मेरो ढोग छ,

म डोल्मालाइ केहि महिना अघि यो च्याङ्बा भान्ने जन्तुले 'तिमि बिना मों बाँच्न साक्दिन भान्दै घरी रुख चड्न खोज्ने घरि भिरबाट मर्छु भन्ने गर्दै मोंलाइ उस्को मुटुको नम्बर १ बनायो। तिम्रो आँखा मालिका शेरावत जस्तै छ माथि मात्र हेर्दा भानेर मोइले माथि मात्र हेर्यो। तल च्याङ्बाले मेरो आप्पाको सबै तोङ्बा चोरेर खायो। फेरि उल्टै कास्दु बिरालु रहेछ भन्दै बिरालो लखेद्दै गोयेको हिजो मात्र चौतारीमा भेट्यु। च्याङ्बा गोये देखि मोलाइ बाँच्नु मोन लागेन। मोर्न साकेन।
हिजोको सुचना अनुसार मों च्याङ्बा सङ बिहे त गर्छु तर मेरो एक शर्त् हजुरहरुले मान्नु पार्छ।

येदि शर्त् ok भएमा मो फेरि बिन्ति चढाचु।

डोल्मा छिरिङ लामा।
नाम्छे बाजार


 
Posted on 11-06-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्बाको सतीत्व परिक्षण fidelity test गरी पाँउ भन्ने बारेमा,

उपरोक्त सम्बन्धमा मेरो येहाहरु समछ्य नम्र निबेदन यो छ कि हिजो मोंलाइ भेटेर आउने बित्तिकै फेरि यो च्याङ्बाले को मोइच्याङ भन्ने केटी उसको हिट लिस्टको no. 1 भनेर चौतारीमा खोलेको र उसको countdown no. मा अरु पनि धेरै भएको कुरा सुन्दा मेरो मन भाराङा भाएकु छ। मोइले उसलाइ सापाइ भोन्दा धेरै मोया गार्यु तार उसको मोया ता contaminate  भैसकेको जास्दो देख्यु मोइले। तेसैले उस्को सतीत्व गरी पाँउ र उसलाइ रक्त चन्दनको आगोमा छ्याङ बेसरी खान्देर बांधेर सितालाइ जस्तो आगोमा अग्नि- परीक्ष्या लिउँ। येदि उ एक्छिनमा नै "ह्वार्‍र्‍र्‍र्‍" बलेर खरानी भयो भने उस्को सतीत्व अपबित्र भानेर बुझ्यो मोइले। होइन भने आगोले उसको जिउलाइ छोएन र उ हाँसी हाँसी मेरो नामको गित गायो भाने मोइले आहिले नै बिहे गार्यु च्याङ्बालाइ।

लु भान च्याङ्बा तोंलाइ यो मन्जुर छ?
चौतारी बासीको के राय छ आबौ?
महिला आयोग समितिले के भन्छ लु भान?

भबदिय,
डोल्मा छिरिङ् लामा

 


 
Posted on 11-06-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीका सबै खुन्चुवहाँरु खाना खान गाको जस्तो छ नि

 
Posted on 11-06-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त खाइ सकें ठुली, म के महा खन्चुवा?

 
Posted on 11-06-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                      केटी चाहिएको सुचना।
        गृहलक्ष्मी बनेर घर चलाऊन जान्ने, आफ्नो लोग्ने लाई देउता नै थान्ने एुती केटी चाहिएको को छ जिम्बाल बा लाई ।

       हिजो मात्र सतौ विवाह गरेता पनि केटीको  चा\ल चलन ठीक नभएको कारण देखाइ जिम्बाल आठऔ विवाह गर्ने निधो गरेको छ। एदी कुनै केटी चौतारीमा जिम्बाल्नी हुने इक्षा भएको खन्दमा र त्यो केटीमा माथि उलेखित योग्यता भएमा तुरुन्त चौतारी बिहा बर्तमन्धन तसर्थसमितिमा सम्पर्क राखनुहुन हार्दिक अनुरोध गरिन्छ।

      एही सुचना को साथमा यो पनि उलेखित अथवा खुलसा गर्न चाहन्छौ कि  जिम्बाल बुढो भयता पनि "उमेर ५५ दिल बच्पन" भएको ध्यानाकर्षन गर्न चाहन्छौ। उत्सुक उमेदोरहरुले तु खबर गर्नु ।

                                                                               चौतारी बिहा बर्तबन्धन तसर्थ समिती
                                                                                                         चौतारी

Last edited: 06-Nov-07 12:05 PM
Last edited: 06-Nov-07 12:14 PM

 
Posted on 11-06-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालि पारे दाइ कति राम्रो
ढाका टोपि गलैमा गल्बन्धि।

मांग्लावारे जदौ टक्र्याए है गाम्ले हरु।

चौतारीमा त सुचना र बिग्यप्ती को बाढी आएछ। लौन के भै रा हो यस्तो!


 
Posted on 11-06-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
रिट्ठे स्टाइलमा दोस्रो राउण्डको जदौ।

 
Posted on 11-06-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम्,

 आजराति सपनमा दाइ लाइ देखेको थेँ, दाइ त बढेमानको हुनुहुदो रेछ, about 250 lbs के त्यो सच्चै हो?


 
Posted on 11-06-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले, तारेमाम्।
सपनामा साच्चैंको ठुलदाई देख्नु भयो होला, ठुलो दाइ। २५० पाउण्ड त म र मेरी अर्धाङ्गीनी को वजन जोडे मात्र पुग्छ होला।

 
Posted on 11-06-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते ज्यु दर्शन गरे है।

 
Posted on 11-06-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल २५० पाउन्ड को ठुल्दाइ देख्या रे सुन्तले ले
आफ्नो त बल्ल हसुर्ने फुर्सत मिल्यो बाबै
दोस्रो राउन्ड को जदौ आफ्नै स्टाईल मा


 
Posted on 11-06-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, e-mail देखेर नझुक्किनु होला, त्यो साच्चो नाम हैन मेरो।


 
Posted on 11-06-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, नमस्ते। रिठ्ठे तारेमाम्।

हो भन्या तेहि भएर सच्चैको ठुल्दाइ हेर्न मन् लागेर हैरान।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters