[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी - ८५ --

[Please view other pages to see the rest of the postings. Total posts: 611]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
[VIEWED 148483 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-01-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८५ --





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 85 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.







*गोताएँ दाइको ब्लग
*दौतारी बेला हुने ठाउं






 


आमा
यो दशैमा म टिका लाउन्न
मलाई आशिष नदेऊ शत्रुलाइ जित्नु भनेर
अहिले आफ्नै दाजु भाइ शत्रु हुदैछन ।

मलाइ खसि किन्न नपठाऊ
म खसि काटेको हेर्नै सक्दिन
आजकाल मधेसतिर मान्छे काट्दैछन।

भो अब मुक्तीनाथ पनि नजाउं
त्यो त अर्कै दैश भैसक्यो
अर्को जिल्लाकालाई आजकाल बाटो छेक्दैछन।

खराब कुरा चर्को बोलेर मुखिया अनि
लोकतन्त्र शब्दकोशमा शब्द थपेर
मान्छेहरु बिद्वान बन्दैछन ।

आमा तिमी पनि स्लोक फेर
टिकामा लोकतन्त्र ल्याउ
संविधान सभाको चुनाब सरेकोले
हामी टिका नलाउं ।


चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी
 
अब घर घरमा देउसी तथा तास खेलेर तिहारको तयारी

 
Last edited: 01-Nov-07 12:24 PM
Last edited: 01-Nov-07 12:24 PM

 
The postings in this thread span 31 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-07-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तपाइँ आफ्नो भैँसिले भनेजति दूध नदिएर दिक्क हुनुहुन्छ?

के तपाइँले पालेको कुकुरले तपाइँलाई नै भुक्छ?

के तपाइँले लाएको काउलि फुल्नु भन्दा पहिले नै बन्दागोबि बनेर हैरान हुनुहुन्छ?

गोलभेँडाको बोटमा दाना नलाग्ने समस्याले ग्रसित हुनुहुन्छ?

के तपाइँको राँगा र खसि काटिनु अगि तपाइँलाई सराप्छन?

बिरालो पाल्नुका फाइदाहरु के के हुन?

सम्पुर्ण जनावरहरुको मानसिक तथा शारिरीक स्वास्थ्य अनि सम्पुर्ण खेतबारिको समस्या केहि क्षणमै समाप्त हुन सक्छ। हामिलाई सम्पर्क गर्न नबिर्सनुहोस।

श्री अलराउन्डर एग्रो-भेट

वटु, काठमान्डौ

फोन- ४२०४२०४०


 
Posted on 11-07-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिदि बहिनि र दाजुभाइ नहुनेहरुको लागि दाजुभाइ" त भयो, साहुजी,
अब हजुर, स्वास्नी नहुने लाई स्वास्नी, प्रेमिका नहुनेलाई प्रेमिका पनि भाँडा मा मिले धेरैको कल्याण हुन्थ्यो कि? यता तिर पनि ध्यान दिने कि? फाइदाको बात जो छ।

 

 


 
Posted on 11-07-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे दाईले के ल्यायो सिसिमा

कान्छो छोरो पढ्छ नि टिसिमा sss ला... ला.. ला...

हजूर! तपाइँ पनि यसैगरि आफ्नो छोरो टिसिमा पढेकोमा खुसि हुँदै गित गाउन सक्नुहुन्छ!

युवा अवस्थाको छोरा छोरिमा भएका बिकृती, खर्चालु प्रवृती, नशा तथा ड्रग्सको आदत, रक्सि तथा सुर्तीको बानि तथा नालायकिपन हटाउन हामिलाई सम्झनुहोस! एक महिने ग्यारेन्टीका साथ उपचार गरिन्छ। उपचार नभए पुरा पैसा फिर्ता!!

नालायकी रिह्याविलिटेसन सेन्टर

टेकु, काठमान्डौ

 


 
Posted on 11-07-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिक्रिमा-

चालु हालतको मोसा., हिरो हो. 1993, ४० किमि,

समपर्क- नरेश-२४०२४०, नघल, कामपा -२६

नोट- दलालले कस्ट नगर्नु होला


 
Posted on 11-07-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-07-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(बि)ज्ञापन को बहार छ त्यौहार जो छ। भाष्करेको धन्दा चौपत होला बिर्खे बा।
Last edited: 07-Nov-07 03:04 PM

 
Posted on 11-07-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोतिबिन्दु शिविर-

हलचोक गाबिस, लहरेपिपल स्वास्थ्य चौकीमा यहि मिति बत्ताइसगते देखि एक हप्ते मोतिबिन्दु शिबिर बस्दैछ। इच्छुक महानुभावहरुले समयमा नै अपरेशन गराई अन्धो हुनुबाट बच्नुहोस!

जि स्वा का, लहरेपिपल

 

स्थाई बन्ध्याकरण क्याप-

तिरिमिरिथोक गाबिस, वडा नं ७ मा यहि मिति गप्तिस गते देखि तिनदिने स्थाई बन्ध्याकरण क्याम्प बस्दैछ, इच्छुक पुरुष वा स्त्रिले समयमा नै समपर्क राख्नुहोस!

जि स्वा का, तिरिमिरिथोक


 
Posted on 11-07-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सम्पुर्ण जनावरहरुको मानसिक तथा शारिरीक स्वास्थ्य अनि सम्पुर्ण खेतबारिको समस्या केहि क्षणमै समाप्त हुन सक्छ। हामिलाई सम्पर्क गर्न नबिर्सनुहोस।

श्री अलराउन्डर एग्रो-भेट

वटु, काठमान्डौ

फोन- ४२०४२०४०

सम्पर्क :

डाक्टर बिर्ख बहादुर बोगटी MPH, Darbhanga



 
Posted on 11-07-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्माल बूढा त विज्ञापनको व्यापार गरेर पैसा कमाउँदै रैछन्, चौतारी भरि विज्ञापन र सूचना टाँसेर रंगीचंगी
बनाएछन्. 
 
Posted on 11-07-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु गाम्ले हो म घर तिर लागे है त। रमाइलो गर्दै गरुम


 
Posted on 11-07-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहदानी हरायो-

यहि मिति ऐँचालिस गतेका दिन, इटुमबहाल बाट झ्वाँबहाल जाँदा मेरो ८२३४८२३४७२८ नम्बरको राहदानि गराएकोले पाउनुहुने महानुभावले ४३४३४३४-  मिलन मा सम्पर्क गर्नु भए उचित पुरस्कारको व्यवस्था गरिने छ।

 

चाहियो-

वेट्रेस संख्या-४, योग्यता- साधारण लेखपढ असाधारण नजर।

हलिवुड क्याबिन एन्ड बार रेस्टुरेन्ट, ठमेल

 

बिजुलि मर्मत-

वायरिङ, मेसिन फिटिङ, सट सर्किट, कट सर्किट, मुन्ना सर्किट को लागि सम्पर्क गर्नुहोस-

राजिव -४५३४३४३ बाङ्गेमुढा, काठमान्डौ

 

घडेरि बिक्रिमा-

सितापाइलामा आठ फुटे बाटो भएको हाइटेन्सन को लट्ठा मुनिको आठ आना राम्रो घडेरि बिक्रिमा छ। टुक्र्याएर पनि दिन सकिन्छ।  सम्पर्क- जिवनजी- ३४३४३४३४ नोट- दलालले कस्ट नगर्नु होला

 


 
Posted on 11-07-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो भैँसेपाटि स्थित टावरमा चट्याङ पर्ने सम्भावना भएकोले हाललाई यो कार्यक्रम यहिँ स्थगित गर्नु परेको जानकारि गराउन चाहन्छौँ। पछि भेट हुने नै छ, त्यतिन्जेल सम्मको लागि  साथि जगदिश, प्राविधिक साथि सौजन्य, रमा र म बिर्खबहादुर पनि आज्ञा चाहन्छु।

नमस्कार!

ssssssssssटुँssssssssssssssss


 
Posted on 11-07-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुर्हो को हमि पर्नाम करेछु, हमि एकटा रिक्वेस्ट कर्ने आएछु हजुर
हम्रो धनीया दु दिन से लपत्ता छ, त हजुर ऊसको भि एकटा सुचना दिहाल्नु हुन्छ भने त बहुते बढीया भइहाल्छ



 
Posted on 11-07-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राहदानी हरायो-

यहि मिति ऐँचालिस गतेका दिन, इटुमबहाल बाट झ्वाँबहाल जाँदा मेरो ८२३४८२३४७२८ नम्बरको राहदानि गराएकोले पाउनुहुने महानुभावले ४३४३४३४-  मिलन मा सम्पर्क गर्नु भए उचित पुरस्कारको व्यवस्था गरिने छ।


 
Posted on 11-07-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तपाईंलाई विज्ञापने रोगले छोएको छ?

के तपाईं दिनमा बरबराउँदै, रातमा घडबराउँदै अनायासै बिज्ञापन फुक्न मात्र चाहनु हुन्छ?

तपाईंको बिज्ञापने रोग निको पार्न, अर्थात् निको नभएको खण्डमा जिब्रो नै थुतिदिने ग्यारेन्टीका साथ शहरमा नयाँ सेवा उपलब्ध छ।

 

समपर्क गर्नुहोस्:

बिज्ञापने रोग निवारन,

जिब्रो थुताई सेवा,

दाँत फुस्काई सर्भिस्,

केहि नलागे मस्तिष्क फुटाई काँर्पोरेशन,

 

डा. रेडियो बन्दामुखी, ए.ए.सि.एच.आई., ईलाहबाद

फो.: नदिएकै बेश, फोनमा बिज्ञापन आउने सम्भावनाको डरले

 


 
Posted on 11-07-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 07-Nov-07 06:18 PM

 
Posted on 11-07-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 07-Nov-07 06:17 PM

 
Posted on 11-07-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

testing 3
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - तिहार विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 86 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



तिहार

झिलीमिली झिलीमिली वारीपारी
यो छ मजा को रमिता भारी



सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको तिहारको हार्दिक मंगलमय शुभकामना!
तिहार धून



नयाँ वर्ष ११२८ को शुभकामना! न्हुं दँ या भिन्तुना!
ह्याप्पी भाइटीका!

 
Posted on 11-07-07 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ पेज लामो त टाउको नै हुने भो यसपाली।


 
Posted on 11-07-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ चौतारी जाने बाटो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters