[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 प्रवासका चम्किला साहित्यिक तारा
[VIEWED 1591 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-14 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डा. कविताराम श्रेष्ठले लिनु भएको अन्तर्वाता :

फेब्रुअरी १९५६ मा तेह्रथुम म्यांग्लुंग बजारमा जन्मनु भएको बसन्त श्रेष्ठ हाल अमेरिकाको वर्जिनियामा स्थाई बसोबास गर्दै आउनुभएको छ। उहाँले न्यूह्यम्साएर युनिवर्सिटीबाट एमएस गर्नु भएको छ। अमेरिकास्थित विभिन्न साहित्यिक र अन्य संस्थामा उहाँको उल्लेखनीय धेरै योगदान रहिआएको छ । हाल उहाँ, एएनए नेपाली लिटरेचर एकेडेमी, नर्थ अमेरिकाको लागि २०१० देखि अध्यक्षको रूपमा रहनु भएको छ । उहाँले १९९८-२००० सम्म अन्तराष्ट्रियसाहित्य कोषको अध्यक्ष तथा १९९९-२००१ कार्य कारिणी सदस्य रहनु भई संस्थाको उत्तरोत्तर वृद्धिको लागि धेरै काम गर्नु भएको थियो ।त्यस्तै अन्य उल्लेख्य कार्यहरूमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीको १९९७-२००० को लागि बोर्ड डाइरेक्टर ।नेपाल अमेरिकी काउन्सिल २००१-२००३ को लागि महासचिब, अमेरिकी नेपाल सोसाइटी- २००४-२००६ को लागि कार्यकारिणी सदस्य, नेपाल अमेरिका दर्पण न्यूयोर्क २००१-२००६ को लागि सल्लाहकार, छिमेकी गाउँ आर्लिंगटन २००३-२००६ को लागि अध्यक्ष्य रहनु भएको थियो ।उहाँले साहित्य संगम कार्यक्रम र ए एन ए को लागि साहित्यिक टिभी कार्यक्रम पनि संचालनगर्नु भएको थियो. उहाँले हालसम्म तीनजुरे, पूर्वेली धुन, अन्तर्दृष्टि, इन टच, आवाज,Telephone Directory, North American Nepali Poets and Writers, आदि प्रकाशनको सम्पादन समेत गर्नु भएको थियो ।

हालसम्म उहाँका प्रकाशित पुस्तकहरू – बसन्त श्रेष्ठका कविताहरू -२००८, भावनाका लहरहरू-२००९, उज्यालो खोज्ने आवाजहरू- २०१० छन् ।उहाँले प्राप्त गर्नु भएका पुरस्कारहरू- अस्वीकृत विचार साहित्य पुरस्कार-२००८ र व्यथित काब्य पुरस्कार-२०११ छन् भने उहाँले साहित्यिक तथा अन्य स्वाय सेवी कार्यहरूको लागि विभिन्न समयमा असंख्य मान सम्मान र प्रमाण पत्रहरू पाउनुभएको छ ।

अमेरिकामा नेपाली भाषा तथा साहित्यको लागि हुने गरेका बिभिन्न साहित्यिक गतिविधिमा बसन्त श्रेष्ठको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिगत सोह्रवर्षदेखि संलग्नता रहिआएको छ | नेपाली मूलका जनसंख्याको उत्तरोत्तर बृद्धिले हाल उत्तर अमेरिका नेपाली भाषा र साहित्यको लागि धेरै उर्बर भूमी भएको छ वाशिंगटन मेट्रोपोलिटन क्षेत्र, बोस्टन, न्यु योर्क र कोलोराडोमा त हरेक महिना कविता गोष्ठी हुने गर्छ भने अरू थुप्रै राज्यहरुमा पनि समयसमयमा विभिन्नसाहित्यिक कार्यक्रम हुने गर्दछ | यस अर्थमा अहिले अमेरिकामा पुस्तक प्रकाशन, गीति अल्बम प्रकाशन र साहित्यिक कार्यक्रम बाक्लै हुने गर्दछ |

भर्जिनियाराज्यको वाशिंगटन डी सी मेट्रोपोलिटन क्षेत्रमा उहाँ समेतको संयोजकत्वमा प्रत्येक दुइदुइ महिनामा कोठे कविता गोष्ठीको आयोजना हुने गर्दछ | प्रत्येकसहभागीको निबास स्थानमा सम्पन्न हुने यस्तो कविता गोष्ठीमा प्रत्येक कविका दुइ दुइ नयाँ तथा मौलिक रचना बाचन गर्ने गरिन्छ | कविता बाचन पछि तीकविताप्रति समालोचनात्मक टिका टिप्पणी सबै सहभागीबाट हुने गर्दछ | विगत तीन बर्षभन्दा बढी समयदेखि सम्पन हुँदै आएको यो कोठे कविता गोष्ठीको२२ औं शृंखला भर्खर सकिएको छ | यस कोठे कविता गोष्ठीबाट “वाशिंगटनका काब्य सुसेली” कविता संग्रह पनि प्रकाशित भइ सकेकोछ भने अर्को संग्रह छिट्टैप्रकाशनको तयारीमा छ | यसको अतिरिक्त ए एन ए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको अध्यक्ष समेत रहनु भएको उहाँले नियमित साहित्यिककार्यक्रम बाहेक भानु जयन्ति, लक्ष्मी जयन्ति र अरु दिबंगत साहित्यकारहरुका जन्म जयन्ती मनाउनुको साथै नेपालबाट अमेरिकाको भ्रमणमा आउनु भएकाविशिष्ट साहित्यकारहरुसंग साक्षात्कार गर्ने अन्तरक्रिया गर्ने कार्यक्रम आयोजनामा पहल गर्ने गर्नुहुन्छ |

सन् २००८ मा अमेरिकी नेपाली असोशिएसनको (ANA) कन्भेन्सनद्वारा आयोजित साहित्यिक कार्यक्रमको कविता प्रतियोगिताको निर्णायक मण्डलमा मपनि त्यतै भएको हुँदा मलाई त्यस मण्डलमा रहन अनुरोध भएको थियो जसमा बसन्त श्रेष्ठ पनि एक सदस्य हुनुहुन्थ्यो | सम्पूर्ण ए एन ए को त्यसकन्भेन्सनमा दुइ हजार भन्दा बढी नेपालीहरूको सहभागिता हुँदा साहित्यिक कार्यक्रममा भने पन्ध्र जना पनि प्रतियोगी थिएनन्, तर त्यसको लगत्तैआयोजित स्थानीय स्तरको भानुजयन्तीमा भने सय भन्दा बढी कविहरूको को सहभागिता थियो | मैले बुझेको थिइनं यस्तो अन्तर कसरी हुन गयो | केही दिनअघि टेलिफोन वार्तामा मैले यही प्रश्नवाचक प्रसंग उठाएको थिएँ | यसमा उहाँको उत्तर थियो – “ए एन ए को ईतिहासमै सन् २००८ को बाल्टिमोरमा सम्पन्नत्यस साहित्यिक कार्यक्रम सहभागिताको हिसाबले ज्यादै सानो भयो | तर यो अपबाद मात्र हो | कुनै पनि कार्यक्रमको सफलता र असफलताको लागि सोकार्यक्रमका आयोजकहरुको सक्रियता, कार्यक्रमको प्रचार प्रसारमा र कार्यक्रमको स्तरीयतामा निर्भर रहने गर्दछ | त्यस्तै केही कमीकमजोरी हुन गयो होलाभन्ने लाग्छ |

मेरो थप प्रश्न थियो- अघि र पछिको कन्भेन्सनमा पनि त्यस्तै न्यून सहभागिता हुने गरेको छ ?

उहाँको उत्तर यस्तो रह्यो- अहँ ! छैन ! त्यो एउटा दुर्भाग्य नै मान्नुपर्छ किनकी त्यस्तो कार्यक्रम आजसम्म फेरि देख्नु परेको छैन | आज प्रशस्त साहित्यिकमन भएका र साहित्यिक सर्जकहरुको बाक्लो उपस्थितिले अमेरिकाको साहित्यिक कार्यक्रमहरु धेरै स्तरीय हुने गरेको छ |

थप्नुभयो- प्रत्येक बर्षको स्वतन्त्रता दिबस जुलाई ४ तारेखका दिन सम्पन्न हुने ए एन ए को अधिबेशनमा “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” कोआयोजना सन् १९९६ बोस्टन देखि निरन्तर रुपमा आयोजना भै रहेको छ | ए एन ए को अधिबेशन स्थलमा सम्पन्न हुने यो कविता महोत्सबको आज सम्मको कार्यक्रममा केही बाहेक अधिकांश कार्यक्रमको मैले नै आयोजना गर्ने सौभाग्य पाउँदै आएको छु | सन् २००० सालमा म अन्तराष्ट्रिय नेपाली साहित्य समाजकोकेन्द्रिय अध्यक्ष हुदा एटलान्टाको जर्जिया राज्यमा भएको ए एन ए, आन्मा र नासाको संयुक्त अधिबेशनमा भएको साहित्यिक कार्यक्रम नेपाली साहित्यकोइतिहासमा प्रबासमा भएको साहित्यिक कार्यक्रमको एउटा कोशे ढुंगा हो जस्तो मलाई लाग्दछ | प्रथम, दोश्रो र तृतीय लाई क्रमशः पांच सय, तीन सय र दुइ सयडलरको पुरस्कार रहेको सो प्रतियोगितामा संसारभरिका पांचसय भन्दा बढी कविहरुले भाग लिएका थिए, जसमा नेपालका चर्चित तथा लोकप्रिय कवि मन्जुलप्रथम, नम्रता गुरागाई दोश्रो र क्षेत्रप्रताप अधिकारि तृतीय हुनुभएको थियो | पांचसय भन्दा ज्यादा दर्शक संख्या रहेको सो साहित्यिक कार्यक्रममा नेपालबाटबरिष्ठ साहित्यकार ताना शर्मा, कवि रमेश खकुरेल, साहित्यकारहरू अरुण सायमी, गोबिन्द गिरि प्रेरणा र विश्वविमोहन श्रेष्ठ अतिथिको रुपमा उपस्थित रहेका थिए |
प्रबासमा भएको त्यो साहित्यिक कार्यक्रम मेरो जीवनको एक अविस्मरणीय कार्यक्रम रहेको छ | ए एन ए नेपाली साहित्य प्रतिष्ठान, उत्तरअमेरिकाको सन् २०१० सालमा स्थापना भए पश्चात यस प्रतियोगिताको पुरस्कार रकममा वृद्धि गरी प्रथम, दोश्रो र तेश्रो क्रमश: एकहजार, तीनसय र दुइसययु एस डलरको पुरस्कार राखिए पछि हाल अत्यधिक मात्रामा सहभागिता बढेकोछ | कार्यक्रमको प्रथम पुरस्कारको रकम मेरो बुबाको नाममा मेरो परिवारबाटस्थापना भएको छ भने हरेक वर्षमा हुने यस कार्यक्रममा सहभागिता जनाउन संसारभरिकै नेपाली कविहरू यस दिनलाई पर्खेर बसेका हुन्छन् | हाल हामीले सोए एन ए अधिबेशनमा “बृहत साहित्य सम्मेलन”को आयोजना गर्ने पनि गरेका छौं | तीन दिवसीय रुपमा मनाइने सो सम्मेलनमा संसारभरका विशिष्टसाहित्यकारहरुलाई निमन्त्रणा गर्ने र तीन दिन नै विभिन्न साहित्यिक कार्यक्रम गर्ने गरेका छौं | विगतको मेरो अनुभब अनुसार यी तीन दिनको साहित्यिककार्यक्रममा एकहजार भन्दा बढीको सहभागिता रहने गरेको छ |

मेरो ठाडो प्रश्न यस्तो पनि थियो- नेपालमा गणतन्त्र आएपछि नेपाल र अमेरिकाको साहित्यिक स्वरुपमा केही अन्तर आएको छ वा छैन? छ भने कस्ता छन्भन्ने लाग्छ ?

उहाँको उत्तर जस्ताको तस्तै यस्तो रह्यो- संसारका कुनै पनि लेखक साहित्यकारहरू आफ्नो जराबाट कहिल्यै पनि अलग्गिन सक्तैनन् | आफ्ना लेखहरुमार्फत आफू बसेका र आफू जन्मेका ठाउँको भावनात्मक रुपमा गाँसिएर विभिन्न विषयमा आफ्नो भावहरू पोखिरहेका हुन्छन् | सांस्कृतिक, सामाजिक रआर्थिक रुपमा आफूले कर्म गरेको स्थानबाट प्रत्यक्ष प्रभावित बन्छन् भने आफ्नो राजनैतिक चेतना र बिचारहरु आफ्नो देशको बदलिदो परिवेशबाट धेरथोररुपमा प्रभावित बनेकै हुन्छ | यस अर्थमा मैले भन्न खोजेको कुरा के हो भने हामी आफ्नो देशबाट अलग्ग भएर बसे तापनि आफ्नो देशमा भएका घटनाहरूबाटकदापि अछुतो रहेर बस्न सक्दैनौ | देशमा घटेको हरेक राजनैतिक उतारचढाउबाट आफ्नो निजि विचार बनेकै हुन्छ | तर अमेरिका जस्तो पूर्ण प्रजातान्त्रिकव्यवस्था भएको मुलुकमा रहदा पनि आफू जन्मेको देशको व्यवस्थाले यहाँ रहेका व्यक्तिहरुमा हरेक प्रकारले चिन्तित, व्यग्रता र तनावपूर्ण स्थिति जहिलेपनि रह्यो | यस अर्थमा भन्नु पर्दा नेपालमा गणतन्त्रको व्यवस्था भए पछि चाहिं साहित्यकारहरुले फुक्का र स्वतन्त्र रुपमा नेपालको बारेमा व्यक्त गर्नेअबसरको सिर्जना भएको छ | बन्धनमा बाँधिरहनु पर्ने स्थितिबाट मुक्त रहेको स्थिति यहाँ पनि भएको छ भन्दा अत्युक्ति नहोला |

अर्को मेरो प्रश्न – नेपाल र अमेरिकाका साहित्यिक गतिविधिमा मूल फरक के लाग्छ ? त्यसमा एकरुपता ल्याउन नेपालकोतर्फ बाट के र अमेरिका स्थितसाहित्यिक संस्था वा साहित्यकारहरूले के गर्नु पर्छ जस्तो लाग्छ ?

उहाँको उत्तर – नेपाली भाषा र साहित्यको संरक्षण, सम्बर्धन र अभिवृद्धिको लागि यहाँ गरिने विभिन्न कार्यक्रम र नेपालमा गरिने कार्यक्रमको उद्देश्य एउटा नैभएतापनि प्रबासमा कार्यक्रम गर्न चाहिने दक्ष जनशक्तिको टड्कारो खाँचो महशुस हुन्छ | प्रबासमा जिजीबिषाको लागि नै अत्यधिक मात्रामा समय खर्चिनुपर्ने हुँदा योग्य जनशक्ति र यथेष्ट मात्रामा स्वयंसेवी प्राप्त गर्न कठिन छ | कार्यक्रममा विद्वान् तथा बरिष्ठ साहित्यकार नभएतापनि कम दक्ष व्यक्तिबाटपनि थुप्रै महत्वाकांक्षी कार्यक्रम गर्न बाध्य हुन जान्छ | त्यसैले हरेक बर्ष यहाँ सम्पन्न हुने विशेष कार्यक्रम जस्तै जुलाई ४ तारेखमा हुने “अन्तराष्ट्रिय नेपालीकविता महोत्सव” कार्यक्रमको लागि हामीले नेपालबाट विद्वान् साहित्यकारहरुलाई आमन्त्रण गर्ने गर्दछौं | त्यसैले नेपालमा कुनै साहित्यिक कार्यक्रम गर्नुपर्दा त्यहाँ त्यस विषयको ज्ञाता तथा विद्वान् वक्ताहरू सजिलै उपलब्ध हुन्छ भने यहाँ त्यस्तो ज्ञाता व्यक्तिको कमीमहशुस हुन्छ | त्यसको लागि हामीलेनेपालको गरिमामय साहित्यिक संस्थासंग यहाँ हुने कार्यक्रमको लागि सहकार्य गर्न अति जरुरि छ | त्यसैकारण यसपटक वाशिंगटन डी सी मा जुलाईमा हुने”बृहत साहित्य सम्मेलन २०१४” को कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानसंग संयुक्त कार्यक्रमको आयोजना गर्नको लागि हामीले अनुरोध गरेका छौ . त्यसको आवश्यक तत्परताको लागि यहाँको नेपाली दुताबासमार्फत नेपालको संस्कृति मन्त्रालयसंग पत्राचार पनि गरेका छौं | अवश्य पनि कुनै न कुनैप्रकारको सहयोग प्राप्त होला भन्ने हामीले विश्वास राखेका छौं नेपाली जहाँ रहेपनि आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको विकास गर्ने भएको कारणलेनेपाल सरकारबाट र नेपालस्थित विभिन्न साहित्यिक संस्थाबाट पनि यथासक्य सहयोग, सद्भाव र सहकार्यको नितान्त आवश्यक छ |

अन्तमा, हामी उत्तर अमेरिकामा रहेर नेपाली साहित्य लेख्ने मात्र नभई सार्क राष्ट्र बाहेकका सम्पूर्ण साहित्यलाई समेट्न एउटा विशिष्ट पहिचानको नाम दिनुपर्ने आजको आवश्यकता हो | आज यस्ता साहित्यलाई थुप्रै नाम दिइएका छन् जस्तै, प्रबासी, आप्रबासी, डायस्पोरा तथा देशपारीय साहित्य | त्यसैले यसकोलागि निश्चित भौगोलिक सिमांकन कोरेर, समयाबधि तोकेर एउटा सर्बमान्य विशिष्ट नाम दिनु पर्ने आजको आवश्यकता हो | कोहीले यताको साहित्यलाईडायस्पोरा साहित्य भने तापनि त्यसको बुँदागत रुपमा कुनै पनि रेखांकन चित्रण गरेको ब्याख्या गरिएको पाइदैन |

तसर्थ आजको मुख्य दायित्व नै हामीसाहित्यकारहरुको यस विषय माथि गम्भीर भएर एउटा बहस तथा छलफल चलाउन आवश्यक छ जस्तो मलाई लाग्दछ |



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Dementia Joe has been selected to become the next President
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters