[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 मानिसको जीवनमा परिवर्तन ल्याउन अभियानमा लागेको -डा पुकार मल्ल
[VIEWED 2015 TIMES]
SAVE! for ease of future access.
Posted on 05-19-14 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेष्ठ ५ ,भर्जिनिया
विजय थापा

वाशिंगटन नेपाल फोरमको आयोजनामा वाशिंगटन डिसीमा दायित्व नेपाल संग भएको एक अन्तरक्रिया कार्यक्रममा दायित्व नेपालका संचालक तथा हार्वर्ड बिश्व बिद्यालयका अनुसन्धानकर्ता पुकार मल्ल(बिध्या वारिधि )ले मानिसको जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाले दायित्व अभियानमा लागेको बताए l

उनले मूल त नेपाल तथा विदेशमा बसेका युवा पिढीहरुलाई परिचालन गरि नेपालको लागि केहि गरौ भन्ने अभियान रहेको बताए l दायित्व नेपाल जन सेवा छात्रवृति योजनाको लक्ष्य राष्ट्रिय रूपान्तरणको लागि प्रक्रिया आरम्भ गर्नु र सरलता बनाउनु रहेको भन्दै हाम्रो महत्त्वाकाङ्क्षा भनेको सहकार्यको संस्कृति सिकाउनुको साथै मस्तिष्क संचारको प्रक्रिया मार्फत राष्ट्र निर्माण बनाउनु हो भने l

उनले दायित्व कसरि अगाडी बढी रहेको र किन हामी लागेको बारेमा चर्चा गर्दै नेपाल सरकारसंग सहकार्य गरि रहेको बताउदै उनले अगाडी भने नेपाली मुलका व्यक्तिहरुलाई गुरु योजनामा लगाउने गरिएको आब्हानमा बिगतमा बिश्वभरिबाट ६२ वटा निबेदन प्राप्त भएको जानकारी गराए l ६ वटा देशबाट ७ जना (फेल्लो )व्यक्तिहरुलाई नेपालका ६ वटा परियोजनामा काम गर्न छनौट गरिएको बताउदै ३ वटा सरकारी परियोजना अन्तर्गत काठमाडौँ महाननगर पालिका शहर कार्यलय ,उद्योग मन्त्रालय ,शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा खटाईएको बताए l उक्त परियोजनाको लागि जन हप्किन्स ,अर्थशास्त्र बिश्व बिद्यालय लन्डन ,जवाहरलाल नेहरु बिश्व बिद्यालय भारत तथा काठमाडौँ विश्व बिद्यालयबात छनौट गरिएको बताए l

यसै गरि दायित्वसंग सम्बद्ध शिकागोमा रहदै आएकी नेपाली मुलकी बैज्ञानिक प्रतिभा पाण्डेले दायित्व नेपालको लागि म्याराथुन दौड गर्ने योजना रहेको बताईन l म्याराथुन दौड आर्थिक कोष वृद्धिको लागि मात्र नगरी भएको सकारात्मक परिवर्तन हुन् सकोस भन्ने चाहना रहेकोले यसमा भाग लिने बताईन l

दायित्वले मुलत् सरकारले छनौट गरेको परियोजनामा दायित्वले योगदान गर्ने उदेश्य रहेको बताएका छन् भने उक्त अन्तर्किया कार्यक्रममा नेपालको परियोजनामा योगदान पुर्याई रहेका (फेल्लो)दिभा श्रेष्ठ तथा मेधावी गिरिले नेपालमा काम गर्दा आफुले भोगेका नैराश्यता ,तिता मिठा अनुभव,अप्ठ्यारा परिस्थिति तथा चुनौतीलाई चिर्दै दायित्वको परियोजनालाई सफल बनाउन अहम भूमिका निर्वाह गरेको चर्चा गरेका थिए l

उनीहरुले थप जानकारी गराउदै नेपालमा मिलेर काम गर्नु गार्हो तर मिलेर काम गर्नु बाहेक बिकल्प नभएको भन्दै दायित्वलाई नागरिक समाजको ठुलो सहयोग पाई रहेको बताईएको छ l नेपाल सरकारले राम्रो काम गरि रहेको प्रशंसा गर्दै विदेशमा बसी सरकारले केहि गरेको छैन भन्ने चाही हैन गलत हो भने l अब आउने परियोजनाको लागि दूइ सय छब्बीस सभासदहरुले निबेदन दिएको जानकारी गराएका थिए भने बिभिन्न राजनैतिक दलसंग छलफल भै रहेको मल्लले बताए l
दायित्वको परियोजनालाई नेपालका मुख्य सचिबले समेत ६ वटा मुलुकबाट नेपालको लागि केहि गरौ भन्ने नेपाली मुलका ७ जना सबै फेल्लो(व्यक्तिहरु)लाई नेपाल छोडेर नजान आग्रह गरेको चर्चा गर्दै देशको लागि उनीहरुसंग अन्तर निहित आगोको ज्वालालाई निभ्न नदिन हुने कुरा गरेकोले आफुहरु उत्साहित भएको बताए l

प्रश्न उत्तर कार्यक्रममा उपस्थित केहि सहभागीहरुले जिज्ञाशा राखेका थिए भने वाशिंगटन नेपाल फोरमका बिबेक पाण्डेले दायित्वले हाल नेपाली मुलकालाई मात्र यो अवसर प्रदान गर्दै आएकोले अन्य देशका नागरिकलाई अवसर प्रदान गर्ने योजना रहेको छ या छैन भन्दै आफु एक परियोजनाको लागि टर्की गएर भोगेको अनुभव सुनाएका थिए l
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
if you are in USA illegally and ask for asylum it is legal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters