[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  डिसी नेपाली समाज द्वारा भाषा कक्षा संचालन आरम्भ
[VIEWED 5534 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-14 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पौष १३ ,डिसी
विजय थापा

वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा कक्षा शुभारम्भ गरेको छ l

र ,साथै आजैका मिति देखि सो उद्देश्यमा भाषालाई समेत प्राथमिकता दिदै धर्म ,संस्कृति र भाषालाई मुख्य नारामा जोडेको बताईएको छ l उक्त कार्यक्रम सरस्वती बन्दना ,राष्ट्रिय गीत तथा नेपालको चिनारी गराउने श्रब्य दृश्यको साथै बिभिन्न शैक्षिक दृश्यहरु देखाई समुद्घाटन गरिएको थियो l

र ,उक्त कार्यक्रमको समुद्घाटन नेपाली दुतावासका उप नियोग प्रमुख नारायण प्रसाद मैनालीले पानसमा बत्ति बाल्दै संचार माध्यमको उपकरणको सहयोगले श्रब्य दृश्य देखाउदै उद्घाटन गर्नु भएको थियो l

संस्थाको तर्फबाट राम मिश्र , शोभा पोखरेल ,अभिभावकको तर्फबाट कमल भट्टराई तथा संस्थाका संरक्षक प्रदिप मिश्रले क्रमस शुभ कामना दिएका थिए l

भाषा कक्षा संचालन सुरुको सुरुको दिन नेपाली भाषा सिक्ने बिद्यार्थीहरुको संख्या उल्लेखनीय रहेको थियो भने भाषा कक्षा संचालन गर्न संस्था कै अभिभावकहरुले पालै पालो स्वयम् सेवक रुपमा पढाउने भएका छन् l

हरेक आईतबार बिहान १० बजे देखि १२ बजे सम्म पढाईने भएको छ भने कार्यक्रमका अतिथि नारायण प्रसाद मैनालीले नेपाल सरकार तथा दुतावासको तर्फबाट पनि शैक्षिक सामग्री उपलब्ध गराउने पहल गर्ने बचन बद्धता दिदै विदेशमा दोश्रो पुस्तालाई नेपाली भाषा सिकाउनु अपरिहार्यता भएको बताउदै डिसी नेपाली समाजलाई धन्यबाद दिनु भयो l

नेपाली भाषा कक्षाको नेतृत्व संस्थाका क्रियाशील पदाधिकारी दधि राम ढुंगानाले लिएका छन् भने संस्थाका सचिब कमल पोखरेलले हामी हाम्रो नारा प्रति बफादार छौ भने l संस्थाका सभापति अरुण रुपाखेतीले समुदायको समर्थन पाए राम्रो संग पाठशाला चलाउन सकिने कुरामा कुनै दुई मत छैन भन्दै सबैको सहयोगको अपेक्षा रहेको बताए l
 
Posted on 12-30-14 4:38 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please Check Epati.org

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS to F1 Status.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
if you are in USA illegally and ask for asylum it is legal
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
2020 : Why No Trump !
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Don’t Just Read—Join the Conversation
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Are you ready to know the truth?
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters