[Show all top banners]

deeps

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पानी मरुवा पाल्पालीहरू : कपुर ज्ञवाली
[VIEWED 5489 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-07 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक पाल्पाली गाउँले ठिटो वनमा गाई चराइरहेको छ। वर–पिपलको चौतारीमा थाप्लामा हात राखेर ऊ आजको पाल्पाको नियती सोचिरहेको छ। उसको मन त्यतिबेला कटक्क दुःख्न थाल्छ, जब उसले माओवादीले ध्वस्त पारेको तानसेनको भग्नावशेष देख्छ। प्र्रताप शमसेर र रुद्र शमसेरहरुलाई सम्झदै ऊ मनमनै बात मार्न थाल्छ– ‘अहो, सानो काठमाडौंझैं थियो पाल्पा–असन टोल, भिमसेन टोल, बसन्तपुर, भगवती टोल, ठाडो गल्ली मखन आदि। तर आज म जस्तै उराठ छ पाल्पा।’
हैन, कहाँ गए नारायणप्रसाद श्रेष्ठहरु? जिन्दगीभर राष्ट्रिय योजना आयोगमै जागिर खाएर बसेका मोहनमान सैंजू, पृथ्वीराज लिगल र पुष्पा श्रेष्ठहरु कता हराए? अचेल पाल्पा काकाकुल छ। कुरुङ खोलाबाट तानसेनवासीलाई पानी खुवाउन दुई किलोमिटर पहाड छेडेर चण्डी भञ्ज्याङमा बनाइएको सुरुङ र त्यसमा तेर्सो गरी बिछ्याइएको ठूलो अजंगको पानीको पाइप रोइरहेको छ। त्यसको अवस्था देख्दा मगर ठिटाको मुटु ढक्क फुलेर आउँछ र भन्छ- ‘भुयुमान लिगललाई बुढ्यौलीले छोयो, गणेशमान महर्जनको स्वर्गे भयो, त्यसैले पाल्पा टुहुरो भयो।’

कुनै समय थियो, जतिबेला तानसेनबासीका हरेक घरमा एउटा न एउटा स्नातक थियो। अब पाल्पामै डाक्टर, इन्जिनियर, वैज्ञानिक, समाजसेवी उत्पादन हुने भए, पाल्पाको चौतर्फी विकास हुने भयो भनेर पाल्पाबासीहरु फुरुङ्ग भएका थिए। उनीहरुले पाल्पालाई सानो दार्जिलिङको परिकल्पना गर्न थालेका थिए। तर चिटिक्क परेकी पहाडकी रानी एवं पश्चिमाञ्चलमै शिक्षा र सभ्यतामा नाम कमाइसकेकी पाल्पाली डाँडालाई विरानो पारेर ठाउँ सर्ने होडबाजी चल्न थाल्यो। बुटवल, भैरहवा र काठमाडौंमा पाल्पालीहरुले बसाई सरे। गगनचुम्बी घर खडा गरेर अवसरवादीतातर्फ अग्रसर हुँदै आफ्नो थातथलोलाई चटक्कै बिर्सिएका पाल्पालीहरु अहिले ‘पानी मरुवा पाल्पाली’को पगरी भिर्न बाध्य भएका छन्। (Read on …) www.palpaonline.com



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters